काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पेशा र व्यवसायमा सफल हुँदैमा राजनीतिमा योग्य नहुने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

महासचिव पोखरेलले राजनीतिमा योग्य हुन राजनीतिमै समर्पित हुनुपर्ने बताएका छन् । ‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन’ महासचिव पोखरेलले लेखेका छन् ‘राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।’

advertisement

महासचिव पोखरेलको उक्त टिप्पणी पूर्वपत्रकार रवि लामिछानेप्रति संकेत गरेको देखिन्छ । मंगलबार मात्रै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए।

प्रकाशित मिति: ८ असार २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com