काठमाडौं । सञ्चार कर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेमाथि ठगीको आरोप लागेको छ।

रवि न्युज २४ टेलिभिजनमा हुँदा रियालिटी शो ‘द लिडर’ प्रशारण गर्ने घोषणा गरेका थिए। शोमा सहभागी हुन आवेदन दिएकाहरुबाट पैसा लिइएको थियो।

advertisement

तर लामिछानेले न्युज २४ छाडेर ग्यालेक्सी फोरके टेलिभिजनमा गए। उक्त कार्यक्रम पनि ग्यालेक्सी फोरकेबाटै प्रशाण हुने बताइएको थियो।

हालै लामिछानेले पेशा नै छाडेर ‘नेपाल स्वतन्त्र पार्टी’ घोषणा गरेपछि आवेदन दिएका हरु बोल्न थालेका हुन।

लामिछानेमाथि तीन करोड बढी गठी गरेको आरोप छ। यसैबीच, लामिछानेले आज आयोजित पत्रकार सम्मेलनमा सो बिषयबारे बोल्दै आफूले सबै पैसा फिर्ता गर्ने बताएका छन्।

केहिको रकम फिर्ता गरिएको र अन्यको फिर्ता गरिनेबारे सूचना जारी भइसकेको उनले स्पष्ट पारेका छन्।

 

प्रकाशित मिति: १० असार २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com