काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोटो समयमा मन्त्री परिवर्तन गरेकोमा नेकपा एकीकृत समाजवादीका नेताहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

आज ललितपुरमा आयोजित नेपालमा समाजवाद: चुनौती र सम्भावना विषयक अन्तर्क्रियामा बोल्दै नेता पौडेलले पार्टीका नेता र सांसद सबैलाई पालोपालो मन्त्री बनाउन खोजिएकोमा विरोध गरेका हुन्।

advertisement

उनले मञ्चमा रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालतर्फ लक्षित गर्दै रामकुमारी झाक्रीलाई रूवाएर समाजवाद आउँछ? भन्ने प्रश्न पनि गरेका थिए।

‘के रामकुमारी झाक्रीलाई धरधरी रूवाएर समाजवाद आउँछ। आउँछ यो देशमा? कसरी आउँछ?,’ पौडेलले भने, ‘समाजवादतिर हामी गइरहेको छौं कि कतातिर जाँदैछौं? नारा समाजवादको तर कामचाहिँ सामान्तवादका पालाका जस्तो गर्ने?’

 

प्रकाशित मिति: १३ असार २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com