जनकपुरधाम । श्रीमतीसँग विवाद हुँदा हवाइ फायर गरी तर्साउने युवा पक्राउ परेका छन् । मंगलबार हतियारसहित जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोकबाट ३७ वर्षीय मनिषकुमार अधिकारी पक्राउ परेका हुन्।

उनले सोमबार राति श्रीमतीसँग विवाद भएपछि छतमा पुगेर पेस्तोल पड्काएको प्रहरीले जनाएको छ। गोली चलेको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेका थिए। प्रहरीले उनको घरको किचन कोठामा लुकाइ राखेको अवस्थामा हतियार बरामद गरेको छ।

advertisement

अटो पिस्टन युएसए लेखिएको पेस्तोलमा गोली एक राउण्ड र  म्यागेजिन बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

उनका अनुसार श्रीमान् –श्रीमतीबीच घरायसी वादविवाद हुँदा घरको छतमा गएर तर्साउनको लागि गोली चलाएको मनिषले प्रहरी समक्ष बयान दिएका छन्। मनिष अहिले धनुषा प्रहरीको हिरासतमा छन् । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा म्यादथप गरी थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: १४ असार २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com