काठमाडौं । महिनादिन नपुग्दै राप्रपा नेतृ ज्वाला संग्रौलाले पार्टी परित्याग गरेकी छिन्। मंगलबार उनले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टी परित्याग गरेको पत्र दिएकी हुन्।

सामाजिक सेवा विभागकी प्रमुख समेत रहेकी उनले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जनाएकी छिन्।  तीन साता अघि मात्र संग्रौलाले सामाजिक सेवा बिभाग प्रमुखको पत्र राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनबाट प्राप्त गरेकी थिइन्। सो पत्र प्राप्त गरेको महिनादिन नपुग्दै संग्रौलाले पार्टी परित्यागको घोषणा गरेकी हुन्।

advertisement

उनले सामाजिक संजाल फेसबुकमा समेत पार्टी परित्याग गरेको उल्लेख गरेकी छिन्। उनि लेख्छिन्, – ‘आजसम्मको यो यात्रामा मलाई साथ दिनुहुने पार्टीका सबै अग्रज व्यक्तिहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु, व्यक्तिगत रूपमा राजेन्द्र लिङ्देन दाइलाई मेरो सदैव साथ सहयोग र सम्मान रहिरहने छ।’

यो मुलुक परिवर्तनको यात्रामा लिङ्देनले एक दिन देशको नेतृत्व लिएर छाड्ने ठोकुवा गर्दै उनले अबको आफ्नो समय देशमा असल काम गर्नेहरूप्रति समर्पित रहने उल्लेख गरेकी छिन्।

 

प्रकाशित मिति: १४ असार २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com