काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको बताएका छन् ।

१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्ममा आज बिहान आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएको बताए।

advertisement

मन्त्री यादवले लागेको ठेक्काबाट पनि मल नआएको बताए। भारतले लामो समयपछि मंगलबार १५ हजार मेट्रिकटन रासायनिक यूरिया मल दिने भनेको पनि मन्त्री यादवले जानकारी दिए। अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि हुनु र ठेक्का पाएका ठेकदारको बेवास्ताका कारण मल ल्याउन नसकिएको उनको भनाइ छ।

अहिले कृषकलाई यूरिया मल अभाव भएको बताउँदै उनले डिएपी भने पुग्ने र आउने क्रममा रहेको मन्त्री यादवले बताए । मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै मन्त्री यादवले पेट्रोलियम पदार्थ आयात गरेजस्तै मल आयात गर्नुपर्ने बताए ।

प्रकाशित मिति: १५ असार २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com