काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

पार्टीको चुनाव चिन्ह ‘घण्टी’ राष्ट्रवादी दलले बि.सं २०७३ सालमा नै दर्ता गरिसकेको हुनाले रवि लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टिले घण्टी मात्र चुनाव चिन्ह नपाउने भएपछी गोलाकार भित्र घण्टी राखेर दर्ता गरेको छ।

advertisement

दर्ता पश्चात सो दललाई आजै दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले ग्लोबल नागरिकलाई जानकारी दिए।

स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो।पार्टीको नामका विरुद्धमा परेका उजुरी भने आयोगले खारेज गरेको छ। ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले उक्त उजुरीको कुनै औचित्य नभएको आयोेगले ठहर गरेकोछ।

प्रकाशित मिति: १७ असार २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com