काठमाण्डौँ । शुक्रबार दिउँसो बालुवाटारमा एक महिला र एक जना पुरुषले ठेलामा हरियो मकै बेच्दै थिए। ठेला हरियो मकैको घोँगाले टम्म भरिएको थियो । तर त्यत्तिकैमा काठमाण्डौँ महानगरका प्रहरीको एक जत्था आएर एक्कासी ती महिलालाई नियन्त्रण गर्यो। उनीमाथि गरिएको प्रहरीको नियन्त्रण शैली पटक्कै ठिक थिएन। बालुवाटारमा सडक नै जाम गरेर केही प्रहरीले ती महिलालाई नियन्त्रणमा लिँदै थिए।

केही प्रहरीले जर्वजस्ती ठेला गाडीमा हाल्दै थिए। प्रहरीले ठेला गाडीमा चढाउँदै गर्दा केही मकैका घोँगा सडकभरी छरिए। रुँदै कराउँदै ती महिलाले प्रहरीसंग केही नगर्नू भन्दै विन्तिभाउ चढाउँदै आक्रोश पोखेको भिडिओमा देखिन्छ। ती पुरुष पनि प्रहरीसंग कराउँदै थिए।

advertisement

उनीहरुको पीर र गुनासो सुन्ने कुनै कोसिस नगरी उनीहरुलाई निरास बनाएर आधा मकै सडकमा छोडी प्रहरीले गाडी कुदायो। आफ्नो गरिखाने भाँडो ठेला र दुखले जम्मा गरी बेच्न ठिक्क पारेको मकै प्रहरीले खोसेपछि ती महिला एकातर्फ निरास थिइन् भने अर्कातर्फ प्रहरीको शैली र अत्याचारमाथि जाइलागेकी थिइन्। यो दृश्य जाममा परेका सर्वसाधारणले टुलुटुलु हेरिरहेका थिए। प्रहरीको यो अत्याचारपछि ती पुरुष पनि रिस र आवेगसंगै सडकको किनारा लागेको भिडियोमा देखिन्छ।

शुक्रबार देखिएको यहीे दृश्यले बालेन्द्रको कामको प्रसंसा गर्नेहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेको भिडियोको कारण उनको कटु आलोचना गर्न थालेका छन्।

 

प्रकाशित मिति: १७ असार २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com