काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई आज संसदमा बोल्न नदिने भएको छ। अर्थमन्त्रीले संसदमा बोल्ने नैतिक आधार गुमाएको भन्दै एमालेले बोल्न नदिने निर्णय गरेको हो।

अर्थमन्त्रीलाई संसदमा आज कुनै हालतमा बोल्न नदिने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए।

advertisement

अर्थमन्त्री शर्माले भने आजको बैठकमा आफूमाथि लागेका आरोपबारे बोल्ने तयारी गरेका छन्।

एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले ग्लोबल नागरिक संग भने, ‘हामी अर्थमन्त्रीलाई बोल्न दिँदैनौं। संसदमा नाराबाजी हुन्छ। उहाँले बोल्ने आधार गुमाइसक्नुभएको छ,’ उनले भने,’माओवादीले वार्ता गर्ने हो भने उच्च तहमा गर्ने होला। हामी अर्थमन्त्रीसँग भने वार्ता गर्दैनौं।’

प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ।

 

प्रकाशित मिति: २२ असार २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com