काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले हिंसाप्रेरित अभिव्यक्ति दिएका छन्। देश बेच्न पाईदैन भनेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौंताविरुद्ध लडाई लडेर जेल परेका आफ्ना पार्टीका कार्यकर्तालाई १० लाखसम्म धरौटी माग्ने न्यायाधीशलाई घरबाटै थुतेर कुटनुपर्ने बताएका हुन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बचाउन लडाइँ लडेका आफ्ना कार्यकर्तालाई रिहाई गर्न यतिधेरै धरौटी माग गर्ने न्यायाधीश को हुन्? भनि पटकपटक प्रश्न समेत गरे। महासचिव विप्लवले सो आन्दोलनको क्रममा गिरफ्तार भएका आफ्ना पार्टीमा आवद्ध विद्यार्थीहरुलाई अदालतले धेरै धरौटी मागेको उल्लेख गर्दै कहाँबाट ल्याएर तिर्ने भन्दै आक्रोश समेत व्यक्त गरे।

advertisement

उनले भने, ‘एमसीसी विरुद्ध हामी टाउको फुटुन्जेल लड्यौं। हामीले त हात भाँचिउन्जले लड्यौं। खुट्टा भाँचिउन्जेल लड्यौं। हाम्रा साथीहरु जेल गर्नु भयो। धरौटी पनि कति माग्ने? १० लाख माग्ने क्या। एउटा विद्यार्थीलाई १० लाख, ५ लाख धरौटी तोक्ने न्यायाधीश को हो? एउटा पढिरहेको विद्यार्थीलाई १० लाख, ५ लाख धरौटी माग्ने, यो न्यायाधीश को हो? यिनको त घरघर गएर थतेर कुटनुपर्छ क्या यिनलाई। एउटा साँचो कुरा के हो भने एउटा विद्यार्थीलाई, एउटा पढिराखेको विद्यार्थीहरुलाई १० लाख, ५ लाख धरौटी माग्ने हो? कहाँबाट ल्याएर तिर्ने १० लाख भन्नस्त? हो? एउटा युवा देश बेच्न पाईदैन भनेर जुलुस गर्दाखेरी गिफरतार हुने मान्छेलाई ३ लाख धरौटी माग्ने हो? नभएको कुकर बम बनाएर भिडाई दिने हो? यसले के देखाउन भने नेपालमा दलालहरु चारैतिर छरिएर बसेका छन। दलालहरुको सल्लाह छ। हाम्रो विरुद्ध षडयन्त्र गर्न एक भएर लागिरहेका छन्।’

महासचिव विप्लवले एमसीसी संसदबाट पारित भएपनि त्यसलाई कार्यान्वयन हुन नदिने अडान समेत दोहो¥याए। उनले क्रान्ति गर्न डराएकाहरुले मात्रै आफ्नो पार्टी छाडेको दावी गरे।

 

प्रकाशित मिति: २२ असार २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com