पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटमा १० करोड रुपैयाँ व्यक्तिका नाममा विनियोजन गरेको छ।

व्यक्तिका नाममा ट्रष्ट र पार्क बनाउन उक्त रकम विनियोजन गरेको हो। असार १ गते संसदमा बजेट पेश गरेपछि सरकारले ल्याएको प्रस्तावित वार्षिक कार्यक्रममा उक्त योजना समेटिएको छ।

advertisement

यसरी व्यक्तिका नाममा खोलिएका ट्रष्टमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलगायत मुछिएका छन्।

मुख्यमन्त्री पोखरेलले बुवा गोवर्द्धन शर्माका नाममा तनहुँको व्यास नगरपालिका-१० मा खोलिएको कोषका लागि ५० लाख रूपैयाँ विनियोजन गरिएको छ। सामाजिक विकास कार्यालय तनहुँले खर्च गर्ने गरी उक्त रकम विनियोजन गरिएको हो।

 

प्रकाशित मिति: २६ असार २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com