काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले गत महिना फ्रान्समा आयोजित विश्वकै प्रतिष्ठित फेस्टिभल ‘कान्स फिल्म फेस्टिभल’ सहभागी अवसर प्राप्त गरेकी थिइन् ।

सो अवसरमा उनले रेड कार्पेटमा हिँड्ने मौका समेत हासिल गरेकी थिइन् । कान्सको रेड कार्पेटमा हिँड्ने उनी पहिलो नेपाली सेलिब्रेटी हुन् । उनले सो अवसर अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ का कारणले प्राप्त गरेकी थिइन्।

advertisement

उनको यहि विषय लोकसेवा आयोगले अधिकृतको प्रश्न पत्रमा समाबेश गरेको छ। प्रश्न पत्रमा कान्सको रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्रीको नाम के हो ? भनेर राखिएको छ । जसको उत्तरमा प्रियंका कार्की, करिश्मा मानन्धर, गौरी मल्ल र उनको नाम छ।

सुरक्षा पन्तले आफ्नो विषय लोकसेवा परीक्षामा प्रश्न बनेको भन्दै प्रश्नपत्रसहित सामाजिक सञ्जालमा खुसी ब्यक्ति गरेकी छन् । उनले लेखेकी छन्, ‘लोकसेवाको परीक्षामा एउटा उत्तर हुँदाको क्षण।’

 

प्रकाशित मिति: २७ असार २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com