एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेर भागेका छन्। बिबिसीका अनुसार ७३ वर्षिय राजपाक्षे स्थानीय समय अनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेका छन्।

कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राष्ट्रपति राजापाक्षे गएराति सैन्य विमानमा मुलुक छोडेर भागेका हुन्।

advertisement

शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसिरहेका थिए।

राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रेका छन्।

उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बिबिसीले जनाएको छ। अमेरिकी नागरिकतासमेत भएका बासिल उनी त्यतै जाँदैछन्।

प्रकाशित मिति: २९ असार २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com