काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकका लागि कलंक भएकाे बताएका छन्।

नेपाली रेडियाे नेटवर्क काे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले भने, ‘शेरबहादुर देउवा विगतमा पजेराे काण्ड, सुत्केरी काण्ड, सांसद खरिद बिक्री, जम्बाे मन्त्रीमण्डल आदि कारण बदनाम छन्। पछिल्लाे एक वर्षे कार्यकालमा पनि एसपीपीजस्ताे अमेरिकी सैनिक खडा गर्ने घातक सम्झाैता, बिचाैलिया राखेर बजेटमार्फत व्यापारीलाई पाेस्ने, हतियार किनेर कमिसन खाने आदि काममा निर्लिप्त छन्। उनी मुलुकका लागि कलंक हुन्।’

advertisement

सरकारले जनविराेधी काम गर्दा पनि नेकपा एमाले टुलुटुलु रमिता हेरेर बसिरहेकाे छ नि भन्ने पत्रकार धमलाकाे प्रश्नमा गुरुङले थपे, “याे सरकारले चाहिने के के काम गर्याे भन्दा पनि नचाहिने काम के के गरेन भन्नुपर्ने स्थिति छ। याे सरकार मूर्ख छ र बहुलट्ठी छ। हामीले सरकारका जनविराेधी क्रियाकलापकाे सडकदेखि सदनसम्म विराेध गरिरहेका छाैं। हामी रचनात्मक प्रतिपक्ष हाैं। सडकमा अनेरास्ववियु र युवा संघले विराेध गरिरहेका छन्। त्याे एमालेले गरेकाे हाेइन? के हामीले पनि सदनमा मारमुङ्ग्री गर्नुपर्ने? बन्दुक पड्काउनुपर्ने?”

 

प्रकाशित मिति: २९ असार २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com