झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबदेखि आफूले नेपालमा बनेका कपडाहरु मात्रै लगाउने घोषणा गरेका छन्।

आज झापामा आयोजित पार्टीको जिल्ला भेलामा उनले नेपालकै उत्पादनलाई प्राथमिकता दिने बताएका हुन्।लामिछानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै त्यसका लागि आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

advertisement

उनले भने, ‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा उत्तिकै प्रभावशाली देखिनसक्छु जस्तो लागेको छ। मैले अहिले लगाएको तलदेखि माथिसम्मको पोशाक नेपाली उत्पादन हो। म निरन्तर नेपाली उत्पादनमात्रै प्रयोग गर्नेछु।’

स्वदेशी उत्पादनको प्रवर्द्धनमा आफ्नो पार्टी लागिपर्ने उनको भनाइ थियो।

 

प्रकाशित मिति: ३० असार २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com