काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अहिले चटक्कै छोडेर हिँड्न मिल्ने बताएका छन्।

प्रचण्ड र माधव नेपाललाई अहिले चटक्कै छोडेर हिँड्न हामीले मिल्दैन। प्रचण्डलाई पहिले गिरिजाबाबुले शान्ति प्रक्रियामा ल्याउनुभएको हो, माधव नेपाल झन् पार्टी फोरेर यो गठबन्धनमा आउनु भएको हो छोड्न मिल्दैन,’ उनले भने, ‘सबैलाई समेटेर म लैजान्छु। कांग्रेस गठबन्धन गरेर पनि पहिलो पार्टी बन्छ। विश्वास गर्नुहोस्।’

advertisement

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शनिबार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले आगामी चुनावमा पनि गठबन्धन नै गरेर जाने बताएका हुन्।

 

 

प्रकाशित मिति: ३२ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com