काठमाडौँ। नेकपा एमाले नेता तथा काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापितले बालेन साहलाई सबैभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न सुझाव दिएका छन्।

केही दिनअघि आफ्नो निवासमा पुगेका मेयर साहलाई उनले आफ्नो फोटो खिचेर केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन समेत भनेका छन्।

advertisement

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन। घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्‍याउँदैन।

उनले काठमाडौंले यस्तो मान्छे खोजेको होइन भन्दै घरपिच्छे पुगेर फोटो खिचेर कही नपुग्ने सुझाव दिएका छन्। उनले लेखेका छन्, ‘काठमाडौंले यस्तो मान्छे खोजेको होइन। मैले बालेनलाई सुन्ने मुडमा चाहिँ देखिनँ, ऊ भरिभराउ भएर आएको थियो। यसो फोटो खिच्ने, मिडियामा हाल्ने मुड देखिन्थ्यो। यसरी नै काम गर्ने हो भने तिमीले काठमाडौं बिगार्छौ भनेको छु। मैले उसलाई सबभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न भनेको छु।’

 

प्रकाशित मिति: १ श्रावण २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com