पोखरा । पोखरा महानगरको वडा नं.८ न्यूरोड स्थित रहेको एन.आई.सी. एशिया बैंकको एटीएम मेशिन फोर्न खोज्ने एक युवक पक्राउ परेका छन्।

जिल्ला रुकुम स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगर वडा नं.९ पृथ्वीचोक बस्ने वर्ष १९ को नरेश पुन मगरलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

advertisement

पक्राउ परेका मगरलाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा पाँच दिन म्याद थप गरी प्रहरीले अनुसन्धान प्रकृया अगाडी बढाएको छ।

प्रकाशित मिति: १ श्रावण २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com