रोल्पा । रोल्पामा एक प्रहरी हवल्दार कुटिएका छन् । रोल्पा नगरपालिका ६ स्थायी घर भएका प्रहरी हवल्दार रामकुमार बाँठा मगर बिदामा घर फर्कदै गर्दा बाटोमा कुटिएका हुन् । पालिकाको जिबाङस्थित अनेरी खोलामा स्थानीय राजनीतिक दलको नेतृत्वमा आएको टोलीले मगरमाथि कुटपिट भएको हो ।

गत स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार रहेका खेमबाबुराज डिसी नेतृत्वको टोलीले उनीमाथि आक्रमण गरेको हो । निर्वाचनमा उनी पराजित भएका थिए। उक्त टोलीले मंगलबार बेलुकी उनलाई मोटरसाइकलमा पछ्याउँदै अनेरी खोलामा पुग्दा सांघातिक हमला गरेको हो। कोटगाउँस्थित प्रहरीले घटनाबारे चासो नदिएपछि जिल्ला प्रहरी कार्यालय लिबाङबाट गएको टोलीले मंगलबार बेलुकी जिल्ला अस्पताल रेउघा पुर्याएको थियो । अहिले मगरको जिल्ला अस्पताल रेउघामा उपचार भैरहेको छ ।

advertisement

हवल्दार मगरले आफूमाथि भएको कुटपिटबारे उजुरी दिन खोज्दा प्रहरीले उजुरी लिन मानेको छैन । आफ्नै संगठनका सदस्यमाथि निर्घात कुटपिट हुँदा पनि प्रहरी प्रशासन भने मौन बनेको छ ।

घटनालाई जिल्लास्थित राजनीतिक दलको दबाबमा प्रहरीले धाकछेप गर्नै प्रयास गरिरहेको छ ।

प्रकाशित मिति: ४ श्रावण २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com