काठमाडौं । गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो।

यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर ग्रेडिङ निर्देशिका, २०७२ खारेज भई विद्यार्थीको मूल्यांकनको आधार ३५ अंक हुन पुग्यो।

advertisement

अर्थात्, ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीलाई अवर्गीकृत अर्थात् नट ग्रेडेडमा राख्ने लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा उल्लेख छ।

राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूले पनि यसपटकको नतिजा नयाँ निर्देशिकाबमोजिम प्रकाशित गर्ने तयारी गरेका थिए । तर नतिजा प्रकाशित गर्नु एक दिनअघि अर्थात् बोर्डको साउन १० गते बसेको बैठकमा नयाँ निर्देशिकाअनुसार पासको न्यूनतम अंक ३५ तोक्दा करिब ५० हजार विद्यार्थी फेल हुने भएपछि रातारात लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नै नतिजा प्रकाशन गर्ने निर्णय गरी सबैलाई पास गराउने नीति अख्तियार गरेको स्रोतले जनाएको छ।

बोर्डले सार्वजनिक गरेको एसइई९२०७८ को नतिजामा ४७ हजार ८ सय ६६ विद्यार्थीको प्राप्तांक ३५ भन्दा कम रहेको स्रोतले जनाएको छ। ‘साउन १० को बोर्ड बैठकले नतिजाको विश्लेषण गर्दा पास हुने आधार ३५ अंक मानेको भए करिब ५० हजार विद्यार्थी फेल हुने देखियो,’ पनिका स्रोतले भन्यो ।

‘कोरोनाका कारण विद्यार्थीको राम्रो तयारी नपुगेको देखियो। अधिकांश विद्यार्थीले लिखित परीक्षामा ५ अंक ल्याएका रहेछन् । स्कुलहरूले प्राक्टिकलमा २५ अंक हालिदिए।’ एक अधिकारीले बताए ।

स्रोतका अनुसार बल्लबल्ल ३० ल्याएर पास हुने धेरै छन्।

 

प्रकाशित मिति: १३ श्रावण २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com