बाँके । इलाका प्रहरी कार्यालयको हिरासतमा रहेकी एक महिलालाई प्रहरी सहायक निरीक्षक (असइ) प्रवीण चौलागाईले यौन दुर्व्यवहार तथा बलात्कार प्रयास गरेका छन्।

शुक्रबार बिहान करिब २ बजे असइले ति महिलालाई यौन दुर्व्यवहार तथा बलात्कार प्रयास गरेका हुन्। बहुविवाहमा हिरासतमा रहेकी ती महिलाले प्रतिकार गरेपछि उनले बलात्कार भने गर्न पाएनन्। स्रोतका अनुसार ति असइले मदिरा सेवन गरेर बलात्कार प्रयास गरेका थिए।

advertisement

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए। ‘हामीले पीडित भनिएकी महिलाको कुरा पनि सुनेउँ,’ उनले भने, ‘यौन दुर्व्यवहारको आरोप लागेका असइ चौलागाईंलाई पनि नियन्त्रणमा लिएका छौँ।’

इलाका प्रहरी कार्यालय कोहलपुर स्रोतका अनुसार मदिरा पिएर आएका असईले थुनुवा कक्षमा रहेकी महिलालाई बोलाएर माथिल्लो तलामा रहेको कोठामा लगेर बलात्कारको प्रयास गरेका थिए। करिब साता दिनअघि उनका श्रीमान् र उनी बहुविवाह मुद्दामा हिरासतमा छन्।

 

प्रकाशित मिति: १३ श्रावण २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com