काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा फोहोर संकलन गर्ने गाडीले सबै फोहोर नलगेपछि स्थानीयले सडकमा नै फोहोर फालिदिएका छन् ।

फोहोर संकलन गर्न आएको गाडीले पहिलो लटमा सबै फोहोर लैजान नसकेपछि चालकले अर्को टिप नआएसम्म फोहोर व्यवस्थापन गर्न आग्रह गरेपछि स्थानीयवासीले अव्यवस्थित रूपमा सडकमा फोहोर फालेर विरोध गरेको स्थानीय मिसन राईले बताए।

advertisement

एक सातापछि फोहोर लिन आएको गाडीले सबै फोहोर नलगेपछि आक्रोशित स्थानीयले सडकमा नै फोहोर फालेका हुन् ।

 

प्रकाशित मिति: १४ श्रावण २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com