काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला एउटा भिडियो भाइरल छ। भिडियोमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह र पोखरा महानगरका मेयर धनराज आचार्य देखिन्छन्। उनीहरू पानीको बोतल बिर्को खोलेर खाँदैछन्।

पानी बोतलको बिर्कोमा लगाइएको प्लाष्टिक खोलेर बालेनन्द्र कोटको खल्तीमा राख्छन्। भिडियोमा पोखराका मेयर धनराजले भने त्यही प्लाष्टिक भुँइमा फालेका छन्।

advertisement

सराङकोटको बन्द कोठामा देशका ६ वटै महानगरका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलगायत विज्ञहरू छलफलमा व्यस्त छन्। महानगर मेयर सम्मेलनमा सहभागी हुन आएका उनीहरूलाई पोखराका मेयर धनराजले शुक्रबार सभागृहमा लोकदोहोरी प्रतियोगिता हेर्न लगेका थिए।

खचाखच दर्शकको भिडमा अघिल्लो रोमा बसेका मेयरहरूको टोलीमा धनराज र बालेन सँगसँगै बसेका थिए। स्वयंसेवकले दिएको पानी बोतल खोलेर खाने क्रममा धनराजले प्लाष्टिक भुइँमा फालेको प्रत्यक्षदर्शी सन्देश बरालले बताए।

‘काठमाडौंका मेयर बालेन र उपमेयर सुनिता डंगोलले प्लाष्टिक खल्तीमा हाल्नुभएको थियो, बाँकी सबैले भुइँमा फाले,’ उनले भने, ‘बालेन र धनराजको भिडिओ खिच्दा उक्त दृश्य क्यामेरामा कैद हुन पुग्यो।’

प्रकाशित मिति: १४ श्रावण २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com