काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस सहित रंगेहात पक्राउ गरेको छ ।

उनी ६ लाख घुस सहित रंगेहात पक्राउ परेका हुन्। साथै उनको गाडीमा खानतलासी गर्दा थप १६ लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

advertisement

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नाग पोखरीको एक होटेलबाट उनलाई रंगेहात पक्राउ गरिएको आयोगका प्रवक्ता सहसचिव श्यामप्रसाद भण्डारीले ग्लोबल नागरिकलाई जानकारी दिए ।

नेपाल मन्त्रालयको हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाको प्रमुखको जिम्मेवारीमा थिए।

प्रकाशित मिति: १७ श्रावण २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com