काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनकोे नतिजा एमालेमय हुनुपर्ने बताएका छन्। एमालेलाई जित्न नदिनको लागि ५ दलले गठबन्धनमार्फत चुनावी माहाेल तताइरहेको ओलीको भनाई छ।

एमालेको उम्मेदवारलाई हराउन गठबन्धन मार्फत सड्यन्त्र गरिरहेका छन् तर गठबन्धन जे सुकै होस् सुखी नेपाली समृद्ध नेपाल निर्माणको लागि एमालेको सूर्य चिन्हमा भोट हाल्नुहुन सबैलाई आग्रह गर्न चाहान्छु।’

advertisement

अध्यक्ष ओलीले भने, ‘एमालेले निर्वाचन जितेर कहिल्यै घमण्ड गर्दैन। झन् शालिन र बिनम्रताको साथ जनताको सेवामा तल्लिन हुनेछ। अत्याधिक बहुमतको साथ आउँदो प्रदेश र संसदीय निर्वाचन जितेर बहुमतको साथ सरकार बनाउनेछ।’

आफ्नो पार्टीका कार्यकर्ताहरुलाई मत बढाउन तर्फ लाग्न समेत अध्यक्ष ओलीले निर्देशन दिएका छन्। पार्टीले उम्मेदवार छनौट गरेपछि एक मन भएर एक सुरले चुनावी अभियानलाई अघि बढाउन समेत उनले नुवाकोटका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

आसन्न स्थानीय तह जित्नै पर्ने दोहोह्राउदै ओलीले भने, ‘भोट के मा भनेर प्रश्न गर्दा सबैको आँखा सूर्यमा पुग्ने गरेको छ। हामीलाई आएको मत कसरी जोगाउने त्यसतर्फ लाग्नु जरुरी छ। बत्ति निभाएर, मतपेटिका साट्नेदेखि मतपत्र चपाउनेसम्म छन्। मतपत्र आँखाबाट ओझेल पर्न नदिनुस्।’

प्रकाशित मिति: २० श्रावण २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com