दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुहरु छिट्टै सिंहदरबार छिर्ने बताएका छन्। उनले नागरिकका समस्या ठूला दलहरुको मुद्दा बन्न नसकेको बताए।
नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्यालाई आफ्नो पार्टीले मुख्य एजेन्डा बनाएको बताएका हुन् । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रा एजेण्डा अरु पार्टीका घोषण पत्र जस्ता छैनन् । जनता हाम्रा मालिक हुन्, उनीहरुसँग जोडिएका समस्याहरु नै हाम्रो पार्टीको मुल मुद्दा हुन् । यसबाट हामी बिचलित हुदैनौं ।’
उनले आफ्नो पार्टीले जनताकै मुद्दा उठाएर चुनाव जित्ने र जनताका मुद्दाहरुको एजेन्डा बेकेर सिंहदरबारको यात्रा तय गर्ने समेत दाबी गरे । ‘हेर्नुहोला, सुन्नुहोला, रेकर्ड गर्नुहोला, हामीले छिट्टै जनताको मुद्दाहरुमा टेकेर सिहदरबारको यात्रा तय गर्नेछौं ।’
अहिलेका दलहरुले देशमा भष्टाचार बढाउने र जनतालाई मुलुक भित्रैबस्नै नसकिने स्थिति सिर्जना गरेको उनले अरोप लगाए । उनले त्यसको विकल्पमा राष्ट्रिय स्वतन्त्र पार्टी खडा भएको बताए ।
प्रकाशित मिति: २० श्रावण २०७९, शुक्रबार













प्रतिक्रिया