हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलगत संयन्त्रको हिसाबकिताब गर्ने बताएका छन् । उनले नेपालमा सञ्चालित उद्योगधन्दा ,कलकारखाना बन्द गराउने दलगत संयन्त्रको हिसाबकिताब अब बन्द रहेको खाता खोलेरै हुने बताए।
बाग्मती प्रदेश हेटौँडामा आयोजित प्रदेश भेलाको सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले उक्त कुरा बताएका हुन्।उनले भने, ‘जब सिमेन्टको माग बढ्छ, जनताको लगानीले चलेको हेटौडा सिमेन्त कारखानाको मेसिनहरुको नट बिग्रिन्छन्, र निजि लगानीकर्ताले सिमेन्ट बेचेरै बोनस बाड्छ, सुन्दा सामान्य लाग्छ तर रहस्य छ, अब सबै हिसाब हुनेछ।’
उनले नेताहरुले पुर्खाले बचाइरहेको स्वाभिमान व्यक्तिगत, पार्टीगत स्वार्थ पुरा गर्न विभिन्न सम्झौता र एम्बेसीमा बेचेकोले उनीहरुले नै भाषणमा भन्ने गरेको अन्याय र बेथिति सहनुहुन्न भन्ने कुरालाई व्यवहारीक बनाउन रास्वपा जनतामाझ विकल्पको रुपमा उदाएको दाबी गरे।
साथै देशको संघीय अभ्यासमा राष्ट्रपति, उपराष्ट्रपतिको भूमिका के? प्रदेश संरचनालाई चुस्त दुरुस्त बनाउन नसक्दा प्रदेश संरचनाको बेतिथि निरन्तर आउने गुनासो हो, यसको हिसाबकिताब र समाधानको सुत्रसहित रास्वपा आउनेमा समेत उनले दृढता व्यक्त गरे।
प्रकाशित मिति: २८ श्रावण २०७९, शनिबार













प्रतिक्रिया