चितवन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठवन्धनले जिते देश थप २०/२५ बर्ष पछि धकेलिने टिप्पणी गरेका छन् ।

चितवनको भरतपुरमा शनिबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव रायमाझीले एमालेविरुद्ध बनेको गठबन्धनले निर्वाचनमा जितेमा देश अहिलेकै जस्तो हालतमा पुग्ने र नेपाली जनता थप निराश हुनुपर्ने अवस्था आउने बताए ।

advertisement

उनले एमाले विरुद्ध अरु पार्टीहरु अस्तित्व रक्षाका लागि गठबन्धन गरेर आउन लागेका बताए । ‘एमाले बलियो छ भनेर नै उनीहरु गठवन्धनमा टुक्रेटाक्रे दलहरु जोडजाड गर्दैछन्’ उनले भने, ‘स्थानीय तहमा भएका कमी कमजोरीलाई सच्याउँदै एमाले चुनावमा बहुमत ल्याउने गरी जान्छ ।’

अहिले अराजनीतिक, असैद्धान्तिक खालको गठबन्धन बनिरहेको भन्दै सचिव रायमाझीले जसरी भए पनि गठबन्धन बचाउने, लुटेर खाने प्रवृत्ति देखिएको आरोप लगाए । उनले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर यो यो ठीक छैन भन्ने सन्देश दिएको बताए ।

प्रकाशित मिति: ४ भाद्र २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com