काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।

सोमबार बिहान हात्तिवनस्थित एउटा घरमा उनीहरूबीच छलफल भएको हो।

advertisement

छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए।

छलफल आगामी दिनमा हुनसक्ने पार्टी एकताका विषयमा केन्द्रीत थियो। बैठकमा संयोजन समिति र चुनावी घोषणापत्रका विषयमा छलफल भएको एक नेताले जानकारी दिए।

बैठकले बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल गरेको थियो।

माओवादी केन्द्रले यसअघि नै बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट चुनाव लड्न अनुमति दिइसकेको छ।

यद्यपी उनीहरूले राखेका केही सर्तका विषयमा भने छलफल गर्न बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ।

सत्तारूढ दलभित्र सिट बाँडफाँटको तयारी भइरहेको छ। यसैका लागि आज सत्तारूढ दलको बैठक बस्दैछ। बैठकमा हुनसक्ने सम्भावित एजेन्डाबारेसमेत छलफल भएको एक नेताले जानकारी दिए।

नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताका लागि संयोजन समिति बनाउनेसमेत निर्णय भइसकेको थियो।

प्रकाशित मिति: ६ भाद्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com