काठमाडौं। जबर्जस्ती करणी अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)को मुद्दाको नयाँ पेशी तोकिएको छ।

नवलपुर जिल्ला अदालतमा आज यो मुद्दामा सुनुवाइ हुँदैछ। अदालतको वेबसाइट अनुसार नेपाल सरकार वादी र शाह प्रतिवादी रहेको यो मुद्दा न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा परेको छ ।

advertisement

तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको पेशी तोकेको शाहको तर्फबाट कानून व्यवसायी रहेका कमलमोहन वाग्लेले जानकारी दिए।

उनका अनुसार अदालतबाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छाड्ने वा थुनामै राख्ने भन्नेबारे फैसला आउन सक्नेछ ।

गत ११ फागुनमा नावालिक माथी पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसको ४ दिन पछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए। शाह अहिले तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन ।

अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत, पोखरामा निवेदन दिए पनि उच्च अदालतले भने उनको निवेदन अस्विकृत गरिदिएको थियो।

प्रकाशित मिति: ८ भाद्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com