काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी निर्वाचनमा पनि चुनाव चिह्न ‘तीर’ नै प्रयोग गर्नुपर्ने भएको छ । थापाले चुनाव चिह्न गाई पाउनुपर्ने माग गर्दै आएका थिए।

तर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा पनि चुनाव चिह्न ‘तीर’ नै प्रदान गरेको हो ।

advertisement

स्थानीय तह निर्वाचनमा भने थापाले नै तीर चुनाव चिह्न रोजेका थिए । राप्रपाका पूर्वअध्यक्षसमेत रहेका थापाले गत फागुन ७ गते राप्रपा नेपालको घोषणा गरेका थिए ।

प्रकाशित मिति: ९ भाद्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com