काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी निर्वाचनमा पनि चुनाव चिह्न ‘तीर’ नै प्रयोग गर्नुपर्ने भएको छ । थापाले चुनाव चिह्न गाई पाउनुपर्ने माग गर्दै आएका थिए।
तर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा पनि चुनाव चिह्न ‘तीर’ नै प्रदान गरेको हो ।
स्थानीय तह निर्वाचनमा भने थापाले नै तीर चुनाव चिह्न रोजेका थिए । राप्रपाका पूर्वअध्यक्षसमेत रहेका थापाले गत फागुन ७ गते राप्रपा नेपालको घोषणा गरेका थिए ।
प्रकाशित मिति: ९ भाद्र २०७९, बिहिबार












प्रतिक्रिया