काठमाडौं । धरानका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई घोचपेच गर्दे पुन: अर्को स्टाटस लेखेका छन्।

फेसबुकमा स्टाटस लेख्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई लक्षित गरेर धरानका मेयर हर्क साम्पाङले भने, ‘गुण्डा गर्दी शैलीमा बिकास हुँदैन, जनता भन्दा ठुलो कोही हुँदैन’

advertisement

यसरी सामाजिक संजालमा विभिन्न स्टाटस लेख्दै धरानका मेयर हर्कले प्रत्येकदिन काठमाडौंका मेयर बालेन्द्र विरुद्ध अभिव्यक्ति दिइरहेका छन्। कतिपयले स्वतन्त्र भएर जितेको मान्छेले स्वतन्त्र मेयरलाई नै साथ नदिएको भन्दै सामाजिक सञ्जालमा मेयर हर्कको आलोचना समेत सुरु भएको छ।

 

प्रकाशित मिति: १० भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com