काठमाडौं । पशुपतिनाथ क्षेत्रमा सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरिएको छ ।

हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो।

advertisement

पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार सोमबारबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो निषेध लागु हुने भएको छ।

प्रकाशित मिति: १३ भाद्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com