काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ। आगामी वैशाखसम्म केन्द्रले यस्तो मेसिनको निर्माण सक्नेगरी काम भएको र त्यसका लागि सरकारले पनि सघाउने भएको हो ।

मेसिनको आवश्यक प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि काम गर्नेगरी लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्र बीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीमा प्रवर्द्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरेका छन्।

advertisement

समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपैयाँ यो आर्थिक वर्षका लागि प्राप्त हुनेछ । सम्झौता पछि आफूहरु उत्साहित भएको आविष्कार केन्द्रका अध्यक्ष पुनले बताए । यो रकमबाट सिन्केधुप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुडा बनाउनेलगायत मेशिन बनाउन खर्च गरिने पुनले बताए । ‘हामी आर्थिक वर्ष सकिने अघि नै काम भ्याउने गरि काम गर्नेछौं, पुनले भने ‘वैशाखसम्म यस्तो मेसिन बनाउने छौं ।’

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले यो समझदारीले आफ्नै उत्पादन प्रयोग गर्ने राष्ट्रिय नीतिलाई सघाउने बताए।

प्रकाशित मिति: १७ भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com