काठमाडौं । एक ‘रियालिटी शो’को कार्यक्रममा मदिरा सेवन गरेर सहभागी भएको आरोप लागेका काठमाडौं महानगरका मेयर बालेन शाहले मुख खोलेका छन् ।

आरोपबारे शाह बालेनले स्पष्टीकरण दिँदै उनले आफ्नो भूमिका धेरै स्थानमा फरक फरक भूमिकामा रहनुपर्ने बताएका छन् ।

advertisement

महानगरको मेयरका रूपमा १०० दिने कार्यकालका उलपब्धि सार्वजनिक गर्ने क्रममा बालेनले सो आरोपबारे पनि प्रष्टीकरण दिएका हुन् ।

उनले आफूले उक्त कार्यक्रममा मदिरा सेवन गरे नगरेकोबारे प्रष्ट नबताए पनि ‘सार्वजनिक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरूले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु’, भनेका छन् ।

यद्यपी बालेनले मान्छे एउटै जीवनभित्र फरक–फरक भूमिकामा हुने बताएका छन् । उनले भनेका छन्, ‘म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहँदा घरमा छोरोको रूपमा अव्यवस्थित, पतिका रूपमा प्रेमिल र साथीहरूसँग जिस्किँदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक भूमिकाका लागि अर्को भूमिका भन्दा विपरीत हुनुपर्ने पनि हुन सक्छ ।’

‘माहौलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोही रूपमा बुझिदिनु हुन आग्रह गर्दछु’, बालेनले थपेका छन् ।

प्रकाशित मिति: १९ भाद्र २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com