काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागी काभ्रे-१ (क) बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा समानुपातीक सांसदको लागी बलराम सापकोटा उम्मेदवार सिफारिस भएका छन्।
सफल ब्यबसायी सापकोटा नेपाली काङ्ग्रेसको निवर्तमान महासमिती सदस्य समेत हुन्। काभ्रेपलान्चोक जिल्ला रोशी गाउँपालीका-०१ वाल्टिङ्गमा जन्मिएका बिकाशप्रेमी युवा नेता सापकोटा लामो समय देखि समाजसेवा सङ्गै राजनितीमा पनि सकृय छन। उनी नेपाली काङ्ग्रेस काभ्रेका लोकप्रिय नेता हुन्।
यसैगरी काभ्रे क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेस काभ्रेका सभापति तिर्थ लामा सर्वसम्मत सिफारिस भएका छन्। दोस्रो संबिधानसभाको निर्वाचनमा सोही क्षेत्र बाट अत्यधिक मत सहित बिजयी लामा पछिल्लो प्रतिनिधिसभाको निर्वाचनमा कम्युनिस्ट गठबन्धन उमेदवार बमध्वज लामा सङ्ग झिनो मतले पराजित भएका थिए। त्यसैगरी सोही क्षेत्र अन्तर्गत प्रदेश सभा (ख) सदस्यको प्रत्यक्ष तर्फ गणेश लामा उमेदवार सिफारिस भएका छन्।
प्रकाशित मिति: १९ भाद्र २०७९, आइतबार













प्रतिक्रिया