काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई नियम सिकाउने सुरक्षा गार्डलाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ।

काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक दिन गएका मन्त्री श्रेष्ठलाई त्यहाँ कार्यरत गरुण सेक्युरिटी कम्पनीका सुरक्षागार्ड शेरजंग गुरुङले लाइनमा बस्न आग्रह गरेका थिए।

advertisement

मन्त्री श्रेष्ठले मन्त्री हुँ भन्दै लाइनमा बस्न नमानेपछि जो भए पनि नियम मान्नुपर्छ भन्दै सुरक्षागार्ड गुरुङले लाइनमा बस्न भनेका थिए।

तर त्यही कारण पर्यटन मन्त्री श्रेष्ठले गृहमन्त्रीलाई भनेर ती गार्डलाई पक्राउ गर्न आग्रह गरेका थिए। गृहमन्त्री बालकृष्ण खाँणले कारबाही गर्न भनेपछि प्रहरी प्रधान कार्यालयले ती गार्डलाई पक्राउ गर्न निर्देशन दिएको थियो।

उनलाई  दरबारमार्ग प्रहरी बृत्तको हिरासतमा राखिएको छ। अभद्र व्यवहारमा मुद्दा चलाउन जिल्ला प्रकासन कार्यालय काठमाडौंले ५ दिन थुनामा राख्न अनुमति दिएको हो।

शुक्रबार पीएसओसहित मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए। त्यही क्रममा सुरक्षागार्डले आफूलाई दुर्व्यवहार गरेको मन्त्री श्रेष्ठको भनाइ छ।

 

प्रकाशित मिति: १९ भाद्र २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com