काठमाडौं । गाई चुनाव चिन्ह माग्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
थापाले दिएको रिटमाथि सुनुवाइ गर्दै मंगलबार न्यायाधीश कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।
‘गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णयविरूद्ध कमल थापाले दिएको रिट खारेज भएको छ,’ उनले भने।
यसअघि आयोगले कमल थापाको पार्टीलाई गाई चुनाव चिन्ह नदिने निर्णय गरेको थियो। उक्त निर्णयविरूद्ध थापा सर्वोच्च गएका थिए।
राप्रपा नेपालले चुनाव चिन्ह गाई माग्दै आएको थियो। तर, आयोगले राष्ट्रिय जनावर उल्लेखित चिन्ह नदिने निर्णय गरेकाले हाललाई ‘तीर’ चिन्ह मागिएको राप्रपा प्रवक्ता सुरेश आचार्यले बताए।
प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलबार












प्रतिक्रिया