काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले माओवादीलाई फेरि देश चलाउने चाबी दिन चाहेको दावी गरेका छन्।
‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्,’ उनले भने, ‘देशको राजनीति कता जाने माओवादीले चाहेजस्तो हुने देखिन्छ।’
पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी कमजोर हुँदा देशमा आएका परिवर्तनहरूको रक्षा गर्न गाह्रो पर्ने पनि बताए।
उनले पार्टी एकतावद्ध भई नेताहरू जनताका बीचमा जानुपर्ने पनि बताए। ‘यसो गरियो भने हामी देशको एक नम्बर कम्युनिष्ट पार्टी हुन्छौं,’ उनले भने
प्रकाशित मिति: ३० भाद्र २०७९, बिहिबार













प्रतिक्रिया