काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले उपत्यकामा चल्लाहरु जति नै बासे पनि प्रगति गर्ने एमाले नै भएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको उपत्यका स्तरीय युवा भेलामा बोल्दै उनले केही मानिसले उपत्यकामा एमालेमाथि अरुनै शक्ति हाबि भयो भन्ने सोचेका छन् तर त्यो चल्लाहरु बासेका मात्र हुन् भन्दै प्रगति गर्ने एमाले नै भएको दाबी गरेका छन् ।

advertisement

उनले भने ‘उपत्यकामा एमाले कमजोर भयो अरु नै हाबि हुन थालेका छन्, युवाहरु एमालेमा छैनन् भनेर भन्नेहरुलाई पछि राम्रो जवाफ हामी दिनेछौ । उपत्यका भित्र एमालेको उपस्थिति के छ भन्ने जवाफ दिन्छौ । मान्छेलाई के लाग्या छ, एक दुइ वटा चल्लाहरु बासेका छन् । अण्डा तिनिहरुले दिएकि भन्ने सोच्न थाल्या छन् । अण्डा चल्लाले होईन, नेकपा एमालेले दिएको हो, भोलि नि दिनेछ ।’

 

प्रकाशित मिति: ३१ भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com