काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोज्ने साहसिक र राम्रो कामका लागि भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोललाई स्याबासी तथा धन्यवाद दिएका छन् ।

अध्यक्ष थापाले शुक्रवार ट्वीटरमा एक ट्वीट गर्दै सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको स्मरण गरेका छन्।

advertisement

उनले भनेका छन्, ‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ । काठमाडौंका खोलानाला सफा, स्वच्छ र कलकल बग्ने होस्, शुभकामना ।’

प्रकाशित मिति: ३१ भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com