धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङले आफूलाई खदा माला र फूलको गुच्छाको साटो गैती र बेल्चा उपहार ल्याइदिन आग्रह गरेका छन् । शनिबार सोसल मिडिया ‘हर्क साम्पाङ अ रिभोलुशन’मार्फत् मेयर साम्पाङले उपहारमा गैती र बेल्चा ल्याइदिन आग्रह गरेका हुन् ।

मेयर साम्पाङले खदामाला र फूलको गुच्छाको उपयोगिता नदेखेको उल्लेख गर्दै उपहारमा गैती र बेल्चा ल्याइदिन आग्रह गरेका हुन् ।

advertisement

उनले भनेका छन्, ‘मलाई कसैले उपहार नै ल्याइदिने मन भए गैती र बेल्चा उपहार ल्याइदिनु । यो खदामाला र अनेक फूलका गुच्छाको मैले उपयोगिता देखिन । जय श्रम! जय उत्पादन!’

मेयरको सपथ लिएसँगै हर्क साम्पाङले धरानबासीलाई पानी खुवाउने अभियान सञ्चालन गर्दै श्रम पर्यटनमा लागिपरेका छन्। साथै उनले सर्दुखोला लगायतबाट धरानमा पानी खसाल्न सफल पनि भइसकेका छन् ।

प्रकाशित मिति: १ आश्विन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com