काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन सुझाएका छन्। एक मिडियासँको कुराकानीमा उनले राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेकाले राजीनामा दिन सुझाब दिएका हुन् ।

दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक रोक्न नमिल्दा नमिल्दै पनि उनले विधेयक रोकेर संविधान क्रस गरेको बताए । प्रतिनिधिसभामा बहुमतले पारित गरेको विधेयक रोक्ने अधिकार नहुदा नहुदै पनि रोकेको उनले बताए।

advertisement

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको चर्को आलोचना भइरहेको छ।

प्रकाशित मिति: ५ आश्विन २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com