काठमाडौँ । नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमप्रति आपत्ति जनाउँदै यसलाई संविधानको घोर उल्लंघन भएको बताएका छन् ।

संसद्‍ले पास गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि उनको आलोचना भएको छ । यसै क्रममा माओवादी नेता पुनले राष्ट्रपति भण्डारीको कदमले नेपाली नागरिकलाई राज्य विहीन बनाउने र निर्वाचन बिथोल्ने षड्यन्त्रको रुपमा व्याख्या गरेका छन् ।

advertisement

उनले मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपतिको कदमप्रति आपत्ति जनाएका हुन् । उनले लेखेका छन्, ‘सार्वभौम जनताको प्रतिनिधिसंस्था संघीय संसद्‍ले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु एकातिर संविधानको घोर उल्लंघन हो भने अर्कोतिर आफ्ना नागरिकलाई राज्यविहीन बनाउने आमनवीय कार्य हो । सचेत रहौं र संयमित बनौं । यो घटनाक्रम निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो ।’

यसअघि संविधानविद्‍हरूसहित विभिन्न राजनीतिक दलका नेताहरूले पनि राष्ट्रपति भण्डारीको कदमको विरोध जनाएका छन् । राष्ट्रपति भण्डारीले संसद्‍बाट पास भइसकेको नागरिकता विधेयकलाई अन्तिम अवधि असोज ४ सोमबार रातिसम्म पनि प्रमाणीकरण नगरेपछि आलोचित बनेकी छन् ।

प्रकाशित मिति: ५ आश्विन २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com