काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहित सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दलले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विरुद्ध वक्तव्य जारी गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा सहितको हस्ताक्षर रहेको वक्तव्यमा राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको भन्दै राष्ट्रपतिको आलोचना गरिएको छ ।

advertisement

‘राष्ट्रपतिको यो गैर संवैधानिक कदमबाट जनतले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ’ प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहितले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।

‘कटुवाल काण्ड’ मा पनि यस्तै प्रधानमन्त्री र राष्ट्रपति बिचको टकरावले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा समेत दिनुपरेको थियो। प्रधानमन्त्रीले राष्ट्रपति विरुद्ध वक्तव्य जारी गर्नु गैरकानुनी रहेको बिश्लेषकहरु बताउँछन्।

प्रकाशित मिति: ५ आश्विन २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com