काठमाडौं । रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गर्दै छन् । पार्टी प्रवेश कार्यक्रम आज दिउँसो १ बजे राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना गरिंदै छ ।

राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिए ।

advertisement

मिश्रले राप्रपाको कुन पद पाउने भन्ने औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन । तर उनी तेस्रो वरियतामा रहने बताइन्छ ।

मिश्रले सामाजिक सन्जालमार्फत् केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया शुरू हुने र तहगत मिलानका लागि एउटा समिति पनि बन्ने बताएका छन् ।

प्रकाशित मिति: १२ आश्विन २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com