काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ । रविले आफ्नो फेसबुक पेजमा आफूलाई संक्रमण देखिएको जानकारी दिएका छन् ।

बिहिबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण देखिन थालेको थियो। आज परिक्षण गराउँदा डेंगु देखियो । डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर, तनहुँ, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसकिने कुराको जानकारी गराउँदछु  ।’

advertisement

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए ।

 

प्रकाशित मिति: १३ आश्विन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com