काठमाडौ । मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा गोरखा २ को निर्वाचन निकै पेचिलो बन्ने देखिएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड अन्तिम समयमा चितवन ३ छोडेर गोरखा २ पुगेका थिए । चितवनमा चुनाव हार्ने अवस्था देखे पछि प्रचण्ड गोरखा पुगेका थिए । सुरक्षित निर्वाचन क्षेत्रको खोजी गर्दै गोरखा पुगेका प्रचण्डलाई गोरखामा पनि चुनाव जित्न त्यत्ति सजिलो नभएको बताइन्छ ।
गोरखा २ मा प्रचण्डलाई टक्कर दिनका लागी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले युवा उम्मेदवार अब्दुस मियालाई मैदानमा उतारेको छ । केहि समय अघि मात्रै एमाले प्रवेश गरेका मियाले प्रचण्डलाई गोरखामा राम्रै टक्कर दिन सक्ने देखिएको छ ।
एमाले उमेदवार मियाले प्रचण्डलाई भगौडाको संज्ञा दिएका छन् । कुनै पनि ठाउँमा नटिक्ने र चुनाव जित्नकै लागी निर्वाचन क्षेत्र फेर्दै हिड्ने प्रचण्डलाई यस पटक जसरी पनि गोरखाबाट बिदा गरिने भन्दै उनले कडा शब्दमा प्रचण्ड विरुद्ध खनिएका छन् ।
मियाले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरि यस पटक जसरी पनि प्रचण्डलाई गोरखामा चुनाव हराउने प्रतिज्ञा गरेका छन् । मियाले अस्थिरताका कारक प्रचण्डलाई यस पटक गोरखामा पराजित गर्दै राजनितिक स्थिरताको जग बसाल्ने जिकिर गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गोरखा २ का एमाले उम्मेदवार अब्दुश मियाँबीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओली निवास बालकोटमा शुक्रवार छलफल भएको हो।
छलफलपछि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखाबाट हराएरै छाड्ने दाबी गरेका छन्। प्रचण्डसँग गोरखा २ मा मियाँ प्रतिस्पर्धा गर्दैछन्।
ओलीसँगको भेटपछि उनले फेसबुकमा लेखेका छन्, ‘पछिल्लो ३ दशकदेखि नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारक बनेका एक पात्रलाई गोरखाले यस पटक राजनीतिबाटै बिदा गर्दैछ। साथ दिनुहोला है।’
उनले प्रचण्डलाई नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारकको संज्ञा दिएका छन्। प्रचण्ड विरुद्ध चुनावी मैदानमा रहेका मियालाई ओलीले पनि जितको लागी शुभकामना दिएका छन् । छिट्टै गोरखमा विशाल कार्यक्रम आयोजना गरिने र ओलीले सम्बोधन गर्ने बताइएको छ ।
प्रकाशित मिति: २९ आश्विन २०७९, शनिबार












प्रतिक्रिया