काठमाडैँ । माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको निर्वाचन आफ्नो लागि सबैभन्दा सहज भएको बताएका छन्।

आइतबार बिहान गोरखाको अजिरकोट गाउँपालिका स्थित भच्चेकमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘गोरखा आउन पाएकोमा खुसी भएको छु, अहिले सम्मको निर्वाचन मध्ये मेरो लागि सबैभन्दा सहज १ एक ढङ्गले भन्नुहुन्छ भने यहाँ आउँदा रिल्याक्स जस्ता फिल गरेको छु।’

advertisement

उनले अहिले जस्तो निर्वाचन पहिलो पटक हुन लागेको र आफू गोरखामा एउटा निश्चित सपना बोकेर आएको बताए। ‘आउने पाँच देखि १० वर्ष भित्र नेपालमा समृद्धिको नयाँ अभियान अगाडी बढाएर त्यसलाई सफल पार्न सकेनौँ भने राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न गाह्रो हुन्छ’ उनले भने।

राजनीतिक परिवर्तन र क्रान्ति धेरै भए पनि जनताको जीवनमा परिवर्तन, सुशासन र बिकासले गति लिएर जनतालाई परिवर्तनको औचित्य सिद्ध गर्ने कुरा भनेजस्तो गरी हुन नसकेको उनले बताए।

 

प्रकाशित मिति: १३ कार्तिक २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com